प्युठान, घर्ती क्षेत्री कल्याणकारी समाज नेपालको आयोजनामा सिदार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलको प्रयोजनमा पुरन्ठाँटी स्वास्थ्य चौकीको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
घर्ती क्षेत्री कल्याणकारी समाजका केन्द्रीय अध्यक्ष कमल कुमार जि सी को अध्यक्षतामा गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं २ र ३ का वडा अध्यक्षहरूको आतिथ्यतामा स्वास्थ्य शिविर उद्घाटन भएको हो ।
शिविरमा पाठेघर क्यान्सर,स्तन क्यान्सर,श्वास प्रश्वास र पेट सम्बन्धि गरि २ सय ८ जनाले सेवा लिएका छन । घर्ती क्षेत्री कल्याणकारी समाजले ऐरावती २ बरौंलामा वंशावली निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा पाल्पा,बाग्लुङ,बर्दिया,रूपन्देही र प्युठानका गरि ७५ जना प्रतिनिधिहरूको बिचमा पुस्ता,वंशावलीको ऐतिहासिक पृष्ठभूमि र पहिचान सम्बन्धि पुस्तक (वंशावली इतिहास) निर्माण गर्ने विषयमा छलफल भएको कार्यक्रम सञ्चालक हुकुम बहादुर जि सी ऐरावती अपडेट लाई जानकारी दिनुभयो ।








