तेहौँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन (PALM) कार्यशाला बरौंलामा सम्पन्न
प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा सञ्चालित पुरन्ठाँटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद आचार्यको अध्यक्षतामा जिल्ला बचत तथा ऋण सहकारी संस्था प्युठानका अध्यक्ष भोज बहादुर बस्नेतको प्रमुख आथित्यता तथा जिल्ला सहकारी संघ प्युठानका सचिव तथा कालिमाटी बचत तथा ऋण सहकारीका अध्यक्ष बेगम बहादुर घर्तीको बिशेष आतिथ्यतामा नेफस्कूनका कार्यक्रम अधिकृत सन्दीपराज ढकालको सहजीकरणमा प्युठान र दाङ जिल्लाका ८ वटा सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा तेह्रौं कार्यशाला सम्पन्न भएको छ । 
सहकारी सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन २०८१,राष्ट्रबैंक द्वारा जारी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१, राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियमकीय मापदण्ड २०८२ विषयक प्रस्तुतिकरण प्रदान गरिएको थियो ।
कार्यशालाले सहकारी क्षेत्रको दक्षता अभिवृद्धि, प्रभावकारी व्यवस्थापन, तथा आगामी योजनाका लागि मार्गनिर्देशन प्रदान गरेको सहभागिहरूले बताएका छन ।








