प्युठान,गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा १८ औं गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरिएको हो।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले जनताको त्याग, तपस्या ,समर्पण र बलिदानले बर्तमान व्यवस्था आएको बताए ।

उक्त दीप प्रज्वलन कार्यक्रममा प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा, प्रवक्ता सुमनराज श्रेष्ठ, नगरपालिकाका वडा अध्यक्षहरु, कर्मचारीहरु सञ्चारकर्मी लगायतको उपस्थितीमा दिप प्रज्वलन गरिएको हो ।