प्युठान,भानुभक्त माविले मंसिर २९ देखि पौष २ गतेसम्म मनाउने स्वर्ण महोत्सवको तयारी तिव्र प्युठानको मल्लरानी गाउँपालिका वडा नं  ३ बर्बोटमा रहेको भानुभक्त माध्यमिक विद्यालयले “हाम्रो विद्यालय, हाम्रो दायित्व” भन्ने मूल नारासहित विद्यालय स्थापनाको ५० औं वर्ष पूरा गरेको अवसरमा २०८२ मंसिर २९ गतेदेखि पौष २ गतेसम्म आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी तीव्र गतिमा अघि बढेको छ ।

स्वर्ण महोत्सव मूल आयोजक समितिको सचिवालयद्वारा शुक्रबार सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।

बैठकले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । प्युठानका ९ वटै स्थानीयतह व्यापारी, उद्योगी, पूर्व विद्यार्थी, शिक्षक, शुभचिन्तक तथा आम सरोकारवालासँग सहयोगको अपिल गर्ने निर्णय भएको छ।

सहयोग दातालाई सम्मान महोत्सवको लागि रु. १०,००० भन्दा माथि सहयोग गर्ने दाताहरूको नाम स्वर्ण महोत्सव स्तम्भमा सूचीकृत गर्ने तथा रु. ५,००० देखि १०,००० सम्म सहयोग गर्ने दाताहरूको नाम विद्यालयको भित्तामा शिलालेखमार्फत सूचीकृत गरिने निर्णय भएको छ ।

बैठकले सूचना डेस्क स्थापना गरेको छ।प्रचारप्रसारको सहजता तथा पारदर्शिताका लागि सूचना डेस्कको स्थापना गरेको छ । विशेष गरी सहयोगदाताहरुलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक धन्यवाद दिने तथा अन्य प्रचारप्रसार मुलुक सामग्रीहरू सार्वजनिक गर्ने उद्देश्यले डेस्क स्थापना गरेको  छ ।बैठकले महोत्सव सफल बनाउन आवश्यकता अनुसार विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय समेत गरेको छ ।मुल आयोजक समितिले सम्पूर्ण शुभेच्छुक, अभिभावक, व्यापारी, संघसंस्थाहरू तथा विशेषगरी विभिन्न प्रतिष्ठित स्थानहरूमा कार्यरत पूर्व विद्यार्थीहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गरेको छ ।