दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि  एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको हो । । सोमबार प्रदेश सभाको १० औं वैठकमा उनलेे मागेको विश्वासको मत अस्वीकृत भएको हो ।  प्रदेश सभामा रहेको ८७ संसदहरू मध्ये ३३ जना मात्र उनको पक्षमा र ५३ जना विपक्षमा रहेकाले सभामुख  तुलाराम घर्तीले अस्वीकृत भएको घोषण गरेका छन । ८ दलका ५३ संसदहरूले काङ्ग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दावी सहित प्रदेश प्रमुखलाई पत्र बुझाईसकेका छन ।