प्युठान, ऐरावती गाउँपालिका वडा नं ३ जाबुनेमा महिला सचेतनामुलक तालिम सम्पन्न भएको छ ।

“लैङ्गिक समानताको बलियो आधार प्रविधिमा महिलाको पहुँच विस्तार” भन्ने मुल नाराका साथ ऐरावती गाउँपालिका वडा नं ३ ले आयोजना गरेको महिला सचेतनामुलक तालिममा वडाभित्र रहेका आमा समुह तथा महिला समूहका सदस्यहरू, वडाका जनप्रतिनिधिको उपस्थित रहेको थियो तालिममा काशीनाथ पौडेलले प्रशिक्षण दिनुभएको हो ।