प्युठान, संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्युठान जिल्लाभित्र रहेका ९ वटा स्थानीय तहलाई कूल ३ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरणअनुसार, यसमध्ये २ अर्ब ९१ करोड २७ लाख रुपैयाँ चालु खर्चतर्फ र ६३ करोड १४ लाख रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको हो ।

यसैबीच,ऐरावती गाउँपालिकामा चालु तर्फ ३० करोड ६६ लाख र पुँजीगत तर्फ ३ करोड ३१ लाख गरि ३३ करोड ९७ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ ।

जसमा समानीकरण अनुदान ९ करोड ३३ लाख, सशर्त अनुदान २२ करोड ९ लाख, विशेष अनुदान ५० लाख र समपुरक अनुदान २ करोड ५ लाख रुपैंया रहेको छ ।