ऐरावती युवा सञ्जालका अध्यक्ष अनुपराज पाण्डेले आफ्नो १८ औं जन्मदिनको अवसरमा ऐरावती ३ जाबुनेका विपन्न बिधार्थीलाई घरमै पुगेर शैक्षिक सामग्री प्रदान गरेका छन। जाबुनेका छविलाल सुनारका ३ भाइ छोरा र दुई बहिनी छोरीनिखिल सुनार
शर्मिला सुनारनवीन सुनार
विवेक सुनारसंजिता सुनार , लाई वडा अध्यक्ष र पाण्डे घरमै पुगेर ४ दर्जन कापी २० वटा कलम र २० वटा पेनसिल प्रदान गरेका छन । पाण्डे भन्छन् “पछिल्लो समय जन्मदिन मनाउने शैली फरक फरक छन मैले आफ्नो इच्चा अनुरूप भाइबहिनीहरूलाई सानो सहयोग गरेर मनाए” उनीहरू आर्थिक समस्याका कारण बिधालय भर्ना हुन नसकेको थाहा पाएपछि केही दिन पहिले वडा नं ३ जाबुनेका वडा अध्यक्ष पदम बहादुर जि.सि ले उनीहरूलाई बिधालय भर्ना गर्नुभएको थियो । उनीहरूलाई अब बिधालय जाँदा लगाउने पोशाक र झोला आवश्यक रहेको पाण्डेले बताए ।








