प्युठान,

ऐरावती गाउँपालिका वडा नं ५ घुइवाङमा बर्थिङ सेन्टर उद्घाटन गरिएको छ । बिहिवार रस्पुरकोट स्वास्थ्यचौकी ले एक कार्यक्रमको आयोजना गरि बर्थिङ सेन्टर(प्रसुती गृह) को उद्घाटन गरिएको छ। ऐरावती गाउँपालिका का अध्यक्ष नविल विक्रम शाहले रिवन काटेर सेन्टरको उद्घाटन गर्नुभएको हो । ऐरावती गाउँपालिका बाट विनियोजित ६ लाख ५० हजरमा शौचालय,बाथरूम,प्लासेन्ट पिथ र दुई कोठे भवन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,गाउँपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ,स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का वडा अध्यक्ष चन्द्र बहादुर रोका मगर, गाउँपालिका का प्रवक्ता दामु वि.क वडाका जनप्रतिनिधिहरू,महिला स्वास्थ्य स्वयंसेवीका,स्वास्थ्यकर्मीहरू समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्वागत मन्तव्य स्वास्थ्यचौकी प्रमुख बिष्णुमाया घिमिरेले राख्नुभएको थियो । बर्थिङ सेन्टरको उद्घाटन गर्दै पालिका अध्यक्ष शाहले शुन्य होम डेलिभरी लाई निरन्तर दिने तथा स्वास्थ्य चौकीको सेवा क्षेत्र बाट टाढा रहेका सेवाग्राहीलाई दुवै स्थानबाट सेवा दिने गरि घुइवाङ सामुदायिक स्वास्थ्य इकाईमा पनि बर्थिङ सेन्टर सञ्चालन गरेको बताउनु भयो । कार्यक्रम सामुदायिक स्वास्थ्य इकाई प्रमुख मोहन पाण्डे सञ्चालन गर्नुभएको थियो । वडा नं ५ मा दुई स्थानमा बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्यचौकी प्रमुख घिमिरेले बताउनु भएको हो ।