ऐरावती गाउँपालिका वडा नं ३ मा महिला,बालबालिका तथा युवा लक्षित विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

आमा समूह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा साविक वडा नं ३ मा गठित लगनशील आमा समूह प्रथम,साविक वडा नं ९ मा गठित जनचेतना आमा समूह द्वितीय र साविक वडा नं ६ मा गठित माछापुच्छ्रे आमा समूह तृतीय भएको छ । प्रावि तह बिधालय स्तरीय हिसाब दौड प्रतियोगितामा भुवनेश्वरी आधारभुत बिधालय प्रथम भएको छ । धर्मोदय मावि द्वितीय र बाल बिकास प्रावि तृतीय र गणेश प्रावि सान्त्वना भएको छ ।

केही हप्ता अगाडि सम्पन्न भएको गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा महिला भलिबल,पुरूष भलिबल र पुरूष क्रिकेट मा सहभागी भएका सबै खेलाडीहरूलाई खेल पोशाक प्रदान गरिएको छ । साथै वडा ३ का सविकका ८ वटा वडामा गठन भएका टोल विकास संस्थालाई एक थान भलिबल १ थान नेट र १ थान पम्प प्रदान गरिएको वडा नं ३ का वडा अध्यक्ष पदमबहादुर जि सी ले जानकारी दिनुभयो ।