प्युठान, शिक्षकहरूका लागि ५ दिने मनोसामाजिक सहयोग सम्बन्धि तालिम सुरु ।
कालिका बिकास केन्द्र नेपाल र स्टोम फाउन्डेसनको सहयोगमा ऐरावती गाउँपालिकामा सञ्चालित (विलिफ) कार्यक्रम अन्तर्गत कालिका बिकास केन्द्र नेपालको आयोजना स्टोम फाउन्डेसनको सहयोग र ऐरावती गाउँपालिकाको समन्वय तथा सिदार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा सुरु भएको तालिममा पालिका भित्रका प्रावि तथा मावि विद्यालयका १५ जना शिक्षकहरू सहभागी भएका छन ।
समाजमा बढ्दो मानसिक समस्यालाई न्यूनीकरण गर्ने तथा विद्यार्थीमा हुने मनोसामाजिक समस्या पहिचान गर्ने उद्देश्यले तालिम सुरु गरिएको छ ।








