ऐरावतीमा योग ध्यान अभ्यास सम्बन्धि २ दिने तालिम सम्पन्नयोग ध्यान अभ्यास सम्बन्धि तालिम मंगलबार ऐरावती २ बरौलामा सम्पन्न भएको छ ।

तालिममा ऐरावती गाउँपालिका वडा नं २,४,५ र ६ वडाका विभिन्न विद्यालयबाट १५ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

कालिका विकास केन्द्र नेपाल र स्ट्रोम फाउन्डेसनको सहकार्य तथा ऐरावती गाउँपालिकाको समन्वयमा सञ्चालित बिलिफ कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो ।

शिक्षकहरू मार्फत विद्यार्थीहरूमा योग ध्यान अभ्यास सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको कालिका विकास केन्द्रले जनाएको छ ।