प्युठान, ऐरावती गाउँपालिका वडा नं ५ पकला निवासी दुवै मृगौला फेल भई उपचाररत ३४ बर्षिय हुम बहादुर थापालाई नेपाली हर्ट ग्रुपले नगद रू ५० हजार सहयोग गरेको छ ।![]()
बिहीबार नेपाली हर्ट ग्रुपका केन्द्रीय अध्यक्ष डिल्लीराज पराजुली ,केन्द्रीय सदस्य पदम खनाल र अविरल थापा सहितको टिम हुम बहादुर थापाको घरमै पुगेर वडा नं ५ का वडा सदस्य मोहन बहादुर बोहराको अध्यक्षतामा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।
![]()
देश तथा बिदेशमा बसोबास गर्ने २२ जनाले उक्त रकम सहयोग गर्नुभएको हर्ट ग्रुपका अध्यक्ष पराजुलीले बताउनुभयो ,उहाँले हर्ट ग्रुपले यो कार्यक्रम सहित ११२ औं सहयोग कार्यक्रम सम्पन्न गरेको बताउनु भयो ।![]()







