प्युठान, प्युठान जिल्ला स्तरीय जुनियर र युवा रेडक्रसको ३७ औं जिल्ला स्तरीय गोष्ठीको निर्णाय अनुसार ऐरावती ६ बिजुलीमा रहेको जनता माध्यमिक बिधालयले पालिका स्तरीय अन्तर मा.वि लोक गीत तथा नृत्य प्रतियोगीता सम्पन्न गरेको छ । जनता माविका प्रधानाध्यापक खडानन्द पौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी ऐरावती उपशाखाका सभापति चन्द्र प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा वडा नं ६ वडा अध्यक्ष विधालय व्यवस्थापन समितिका अध्यक्ष ६ वटा बिधालयका सहभागी बिधार्थी र फोकल शिक्षक लगायतको उपस्थिति थियो । कार्यक्रममा ऐरावतीमा रहेको ७ वटा माध्यमिक बिधालय मध्ये ६ वटा बिधालय सहभागी भएका हुन । प्रतियोगितामा प्रथम धर्मोदय मावि जाबुने द्वितीय जनकल्याण मावि रानीबास तृतीय जनता मावि बिजुली र सान्त्वना मोती मावि बरौंला भएको छ । उनीहरू लाई पुरस्कार क्रमश रू २०००,१५००,१०००,५०० रहेको थियो अरू सहभागी बिधालय लाई प्रोत्साहन स्वरूप रू५०० का दरले दिइएको थियो ।