अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा वडा नं ५ दयठाँटीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।
प्युठानको ऐरावती गाउँपालिका -६ सिमलचौर बाट भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका ग्रुपलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएकाे र उपचारको क्रममा २२ वर्षिय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लको भनाइ छ । घाइतेहरूको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सिमाना दयठाटीमा नाचिरहेका १५/१६ भैलोका टीमलाई बसले ठक्कर दिएको हो ।








