ऐरावती गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
पौष २६ गते बिहीबारदेखि सुरु भएको प्रतियोगिता पौष २८ सनिवार सम्पन्न भएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा तथा वडा अध्यक्षहरूको आतिथ्तामा समापन कार्यक्रम सञ्चालन गरिएको हो । प्रतियोगिता महिला र पुरूष गरि जम्मा २८ बिधाका खेलहरू समेटिएको थियो ।
जनता माध्यमिक बिधालय ऐरावती ६ बिजुलीले १३ वटा स्वर्ण पदक, ७ वटा रजत पदक र ५ वटा काश्य पदक गरी जम्मा २५ वटा पदक हासिल गरेको चौथो राष्ट्रपति रनिङ सिल्ड प्राप्त गरेको ।
त्यस्तै मोती माध्यमिक बिधालय ऐरावती २ बरौंलाले ६ वटा स्वर्ण पदक ५ वटा रजत पदक र ७ वटा काश्य पदक गरी जम्मा १८ वटा पदक हासिल गरेर द्वितीय भएको छ । त्यस्तै धर्मोदय माध्यमिक बिधालय ऐरावती ३ जाबुनेले ३ वटा स्वर्ण पदक ४ वटा रजत पदक र ६ वटा काश्य गरी जम्मा १३ वटा पदक हासिल गरी तृतीय भएको छ । प्रतियोगितामा उत्कृष्ट छात्र खेलाडी पुरस्कार जनता माविका छात्र खेलाडी विवश पाण्डेले प्राप्त गरेका छन , उत्कृष्ट मार्च पास पुरस्कार जनता माविले प्राप्त गरेको छ । उत्कृष्ट छात्रा खेलाडी पुरस्कार धर्मोदय मावि कि छात्रा रेखा गुरूङले प्राप्त गरेकि छिन ।
प्रतियोगितामा भलिबल तर्फ:-छात्र,छात्रा भलिबल प्रथम जनता मावि बिजुली








