सिर्सेनी र नेपाने ठुली लेखलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरौँप्युठान जिल्लाको सिर्सेनी र “मिनी इलाम” भनेर चिनिने नेपाने ठुली लेख प्राकृतिक सौन्दर्य र मौलिक परम्पराले भरिपूर्ण क्षेत्रहरू हुन् ।
यी क्षेत्रहरूलाई योजनाबद्ध रूपमा विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ । सिर्सेनीमा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्तीको अवसरमा गुरुङ समुदायको ऐतिहासिक घाटु नाच प्रदर्शन गरिन्छ। यस नाचलाई अवलोकन गर्न प्युठानका विभिन्न स्थानका साथै छिमेकी जिल्ला अर्घाखाँची र दाङबाट समेत दर्शकहरू आउने गर्छन् ।
यसले सिर्सेनीको सांस्कृतिक महत्वलाई झल्काउँछ।
स्थानीय सरकार, समुदाय र सम्बन्धित निकायहरूबीच सहकार्य गरी पूर्वाधार विकास,प्रचार–प्रसार र व्यवस्थापनमा ध्यान दिएमा सिर्सेनी र नेपाने ठुली लेखलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ । यसले स्थानीय आर्थिक विकास,रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ ।







