प्युठान, ऐरावती गाउँपालिकामा अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

शुक्रबार बसेको गाउँ कार्यपालिका को बैठकले ऐरावती खेलकुद बिकास समितिको आयोजनामा माघ १८,१९ र २० गते प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । प्रतियोगितामा महिला भलिबल,पुरूष भलिबल र पुरूष क्रिकेट खेलहरू समेटिएको छ । प्रतियोगितामा एउटा वडा बाट १ टिम मात्र सहभागी हुन पाउने छन्

प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने टिमका लागि क्रमश नगद रू २५ हजार मेडल,प्रमाणपत्र र कप द्वितीय हुने टिमका लागि नगद रू २० हजार मेडल,प्रमाणपत्र र कप र तृतीय हुने टिमका लागि नगद रू १५ हजार मेडल,प्रमाणपत्र र कप प्रदान गरिने ऐरावती खेलकुद बिकास समितिले जानकारी दिएको छ । प्रतियोगिता ऐरावती खेलमैदान झिवाङमा सञ्चालन हुनेछ ।