प्युठान, माण्डवी गाउँपालिका ५ तिग्रामा ऐरावती गाउँपालिका २ बरौंला देखि बिजुवार जाँदै गरेको बा १६ च ४७७६ नम्बरको स्कारपियो र प्युठान नगरपालिका ४ बिजुवार देखि बरौंला जाँदै गरेको लु ९० प ४८७९ नम्बरको मोटरसाइकल
आइतबार अपरान्ह ३:४५ बजे एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार सल्यान घरभई पुरन्ठाँटी स्वास्थ्य चौकी बरौंलामा कार्यरत सुमन खड्का घाइते भएका छन ।
खड्कालाई उपचारको लागि बिजुवार पठाइएको छ । स्कारपियो र मोटरसाइकल प्रहरी चौकी कैरनको नियन्त्रणमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट बरौंलाले जानकारी दिएको छ ।