प्युठान, प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंला बाट जन्ती लिएर खलंगा जाँदै गरेको स्कारपियो दुर्घटनामा घाइते भई जिल्ला अस्पताल बिजुवारमा उपचाररत करिस्मा सुनारलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

दुर्घटनामा मल्लरानी ३ का वडा सदस्य दामोदर परियारको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटना बिहान ११:२० बजे मोती मा.वि को माथिल्लो पुरानो भवन नजिकै घटेको हो ।

लु ३ च ६८४७ नम्बरको स्कारपियो को अगाडिको टायर पन्चर भई ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते बाँकी २ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।