प्युठान ।आसन्न फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेले सस्तो लोकप्रियताको पछि नलागी देशको स्वाधीनता, समृद्धि र स्वाभिमान उठाउन सक्ने योग्य, अनुभवी र विचारवान व्यक्तिहरूलाई मात्र सिफारिस गर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज टेकराज के.सी.ले बताए उमेर समूहका आधारमा विभाजन गरी विचारहीन, उद्देश्यहीन र गन्तव्यविहीन समूहलाई उम्मेदवार बनाउने प्रवृत्तिलाई नेकपा एमालेले अस्वीकार गर्ने बताए।
उनले पछिल्लो समय चर्चामा रहेको ‘जेन–जेड’ पुस्ताको नाममा अनुभवरहित र अयोग्य व्यक्तिलाई अगाडि सार्ने प्रयास गलत रहेको उल्लेख गरे।
उनले केही स्वार्थ समूहले नयाँ पुस्ताको नाम बदनाम गर्दै समाजलाई दिशाहीन बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिकार गर्न सचेत युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए।नेकपा एमाले नै देशलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने र नेपालको स्वाधीनतालाई विश्वसामु सगरमाथाजस्तै उचो बनाउने एकमात्र राजनीतिक शक्ति भएको दाबी गर्दै उनले पुष्पलाल श्रेष्ठदेखि मनमोहन अधिकारी, जननेता मदन भण्डारी हुँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्मको इतिहासले त्यसलाई पुष्टि गरेको बताए।
“देश चलाउने आधार पुस्ताको नाम होइन, विचार, अध्ययन, संघर्ष, बलिदान र जनताको भावना हो,” के.सी.ले भने, “नयाँ पुस्ताको नाममा देशलाई राजनीतिक रणभूमि बनाउने प्रयासप्रति हामी युवाहरू स्वयं सजग हुन आवश्यक छ।”








