अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका स्थित एक गोठमा आगलागी हुँदा बस्तुभाउ जलेर नष्ट भएका छन् ।पाणिनि गाउँपालिकाको वडा नम्बर ३ ढाबका चिरञ्जीवी रास्कोटिको गोठमा आगलागी हुँदा गोठमा भएका सम्पूर्ण बस्तुभाउ जलेर नष्ट भएका हुन् । आइतबार राति करिब १ बजेको समयमा आगलागी भएको स्थानीयको भनाई छ । आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने ९ वटा बाख्रा, तीन वटा भैंसी लगायत गोठमा भएका सम्पूर्ण बस्तुभाउ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए । आगलागीबाट ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । गोठमा विद्युत तार सट भई आगलागी भएको थियो ।
अर्घाखाँचीको पाणिनिमा एक गोठमा आगलागी हुँदा ५ लाख बराबरको क्षति
ऐरावती अपडेट
चैत्र ४ गते २०८०
2:32 PM

यो पनि पढ्नुहोस्
ताजा समाचार

ऐरावतीमा असोज २८ देखि 'बरौंला प्रिमियर लिग सिजन-२' विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ
असाेज ३ गते २०८३
ट्याक्टर र ईभी चलाएको पैसाले अटो व्यवसाय, सुरजको मासिक आम्दानी ४० हजार
भाद्र ३१ गते २०८३
मोती माविमा युवा कवि मोतीराम भट्टको सालिक अनावरण
भाद्र २७ गते २०८३
माण्डवीको आ:व २०८२/०८३ को तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न
भाद्र २१ गते २०८३
प्यूठानमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
भाद्र २० गते २०८३
रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, १० जना बेपत्ता
श्रावण २८ गते २०८३
'ठुटेपाटा हरित पार्कमा' सरसफाइ तथा वृक्षरोपण गरी ऐरावतीमा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
श्रावण २८ गते २०८३