अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका स्थित एक गोठमा आगलागी हुँदा बस्तुभाउ जलेर नष्ट भएका छन् ।पाणिनि गाउँपालिकाको वडा नम्बर ३ ढाबका चिरञ्जीवी रास्कोटिको गोठमा आगलागी हुँदा गोठमा भएका सम्पूर्ण बस्तुभाउ जलेर नष्ट भएका हुन् । आइतबार राति करिब १ बजेको समयमा आगलागी भएको स्थानीयको भनाई छ । आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने ९ वटा बाख्रा, तीन वटा भैंसी लगायत गोठमा भएका सम्पूर्ण बस्तुभाउ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए । आगलागीबाट ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । गोठमा विद्युत तार सट भई आगलागी भएको थियो ।
अर्घाखाँचीको पाणिनिमा एक गोठमा आगलागी हुँदा ५ लाख बराबरको क्षति
ऐरावती अपडेट
चैत्र ४ गते २०८०
2:32 PM

यो पनि पढ्नुहोस्
ताजा समाचार

उद्घाटनमै सीमित ऐरावतीको हाटबजार टहरो, ८ वर्षदेखि सञ्चालन हुन सकेन
श्रावण १४ गते २०८३
ऐरावतीमा कार्यविधि मिचेर विद्यार्थी संख्या नपुगेका विद्यालयलाई लाखौँ अनुदान
श्रावण १२ गते २०८३
ऐरावतीमा मदिरा ब्रान्डिङमा करिब १० लाख खर्च, नतिजा शून्य
श्रावण ८ गते २०८३
आफैंले चलाएको जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु
असार १३ गते २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार
असार ९ गते २०८३
पुरन्ठाँटी स्वास्थ्य चौकी बरौंलामा टिक्न सकेनन् डाक्टर
असार ४ गते २०८३
प्युठानमा ट्राफिक प्रहरीद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना
जेठ ८ गते २०८३