प्युठान, ऐरावती गाउँपालिका वडा नं ६ सिमलचौरमा बिजुली कोट युवा क्लबको आयोजनामा वडा स्तरीय खुल्ला महिला ,पुरूष भलिबल प्रतियोगिता ऐरावती गाउँपालिका स्तरीय खेलकुद बिकास समितिका कोषाध्यक्ष हरि प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । अतिथि आचार्यले भलिबल सर्भिस गरेर खेल उद्घाटन गर्नुभएको हो । पुरूष तर्फ १३ टिम र महिला तर्फ ३ टिम दर्ता भएको आयोजक क्लबले जानकारी गराएको छ । खेल साउन १ गते समापन हुनेछ साउनेसक्रन्ती को अवसरमा खेल आयोजना गरिएको क्लबले जनाएको छ । खेलमा अर्घाखाँची र प्युठान जिल्लाका टिमहरू सहभागी छन । प्रतियोगितामा बिजेता हुनेका लागि नगद,मेडल र प्रमाणपत्र को व्यवस्था आयोजक ले गरेको छ ।