प्युठान, ऐरावती गाउँपालिका वडा नं १ अमिलीमा कपाल काट्ने(सैलुन) तालिम सुरु भएको छ ।
घरेलुु तथा साना उद्योग कार्यलय प्युठान द्वारा ऐरावती गाउँपालिका वडा नं १ अमिलीमा तालिम सुरु गरिएको छ । तालिममा १० जना पुरूष सहभागी भएका छन । तालिम १ महिनासम्म चल्नेछ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष अमर रेश्मीले थोरै रकम लगानी गरेर स्वदेशमै स्वरोजगार भई धेरै आम्दानी लिन सकिने पेशा भएकाले युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो ।
केही हप्ता अगाडि ऐरावती १ मा नै १ महिने अम्रिसो को कुचो बनाउने तालिम सम्पन्न भएको थियो ।
उक्त तालिम १५ जना सहभागी भएका थिए । स्थानीय स्तरमा अम्रिसो प्रशस्तै मात्रामा पाइने भएकाले उक्त तालिम प्रभावकारी हुनसक्ने सम्भावना रहेको सहभागीहरूले बताएका छन ।
तालिम पश्चात् स्थानीय स्रोत साधनको प्रयोग भई स्थानीय स्तरमै रोजगारी सृजना हुने विश्वमा लिईएको छ ।








