प्युठान, ऐरावती गाउँपालिकाको प्रथम चोैमासिक सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०८०/०८१ मा हालसम्म भए गरेका काम कार्वाही र सेवा प्रवाहका बारेमा आमनागरिकलाई जानकारी गराउन बिहिवार वडा नंम्बर ४ कैरन स्थित बाल उद्यानमा सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न गरिएको हो।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले प्रथम चोैमासिकमा भएका कामहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाको कुल विनियोजित बजेट ४९ करोड ५० लाख मध्ये हाल सम्म १८ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो ।त्यस्तै यस आ.व.को पहिको चौमासिकमा भौतिक प्रगति ४१ प्रतिशत भएको छ । आर्थिक बर्ष ८०/८१ मा पालिकाभित्र १६१ वटा योजनाको लागि बजेट बिनियोजन भएको र हिउदे गाउँसभाबाट केही नयाँ योजनाहरु थप भएको प्रमुख प्रशासकिय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाबाट विनियोजन भएका योजनाको निर्माण कार्य भैरहेको र त्यसमध्ये ३५ वटा योजनाको भुक्तानी भैइसकेको समेत उहाँले बताउनुभयो ।![]()
सम्बन्धित गुनासो तथा प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जनताका समस्या तथा जनताले माग गरेका योजनाहरू गाउँपालिकाले क्रमश सम्बोधन गर्ने बताउनुभयो । सिमित बजेटमा एकै पटक सबै काम सम्पन्न गर्न असम्भव भएकाले क्रमिक रूपमा प्राथमिकताका आधारमा काम गर्ने बताउनुभयो । 
आम नागरिकलाई स्थानीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बरौलामा १५ शैयाको अस्पताल निर्माण कार्य भैरहेको उहाँले बताउनुभयो ।अध्यक्ष शाहले चालू आवमा पालिकाले अर्थतन्त्रको प्रमुख स्रोत एवम् आर्थिक समृद्धिसंग जोडिने कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको बताउनुभयो ।![]()
शाहले कार्यसम्पादनमा भएका कमिकमजोरीलाई सुधार गर्दै बिकसित र समृद्ध गाउँपालिका निर्माण गर्न तत्पर रहेको प्रतिवद्दता जनाउनुभयो ।कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, स्थानीय,जनप्रतिनिधि, शिक्षक ,बुद्धिजिबी,पत्रकार लगाएतको उपस्थिति रहेको थियो । ![]()







