प्युठान, ऐरावती गाउँपालिकामा घरपालुवा र छाडा कुकुरहरू लाई रेविज रोग बिरूद्ध भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
ऐरावती गाउँपालिका अन्तर्गतको पशु सेवा कार्यलय बरौंलाले ऐरावतीका ६ वटै वडाका विभिन्न स्थानमा सेवा कार्यलयको टिम पुगेर कुकुरहरूलाई रेविज रोग बिरूद्ध भ्याक्सिन लगाउने कार्यलयका प्रमुख चन्द्रबहादुर जि. सि ले जानकारी दिनुभयो ।
रेविज रोग लागेका कुकुरले मानिसलाई र घरपालुवा जनावर लाई टोकेर मृत्युका घटनाहरू बढेपछि पालिका भरिका सबै कुकुरलाई भ्याक्सिन लगाउन थालिएको हो । हालसम्म ऐरावती १ मा ३७ वटा वडा नं २ मा ३४ र वडा नं ५ मा १४ वटा गरि हालसम्म ८५ वटा कुकुरलाई भ्याक्सिन लगाइएको छ ।