प्युठान, शिक्षकहरूका लागि ५ दिने क्षमता बिकास तालिम सुरु ।

कालिका बिकास केन्द्र नेपाल र स्टोम फाउन्डेसनको सहयोगमा ऐरावती गाउँपालिकामा सञ्चालित (विलिफ) कार्यक्रम अन्तर्गत कालिका बिकास केन्द्र नेपालको आयोजना स्टोम फाउन्डेसनको सहयोग र ऐरावती गाउँपालिकाको समन्वयमा बालबिकास केन्द्रका ८ जना शिक्षकहरूको सहभागीतामा तालिम सुरुभएको छ ।

बालबालिकाको सर्वाङ्गीण बिकास तथा पाठ्यक्रम र शिर्षकगत सिकाइका तरिका बालबिकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड क्षेत्र,उपक्षेत्रको परिचय बालबालिकाहरूको सिकाइका लागि अभिभावकहरूको परिचालन अपाङ्ग बालबालिकाको मुलधार जीवनमा सहभागीता स्थानीय स्रोत साधन परिचालन र शैक्षिक सामग्री तयार लगायतका विषयमा शिक्षकलाई दक्ष बनाउने उद्देश्यले तालिम सुरु गरिएको छ ।