प्युठान,ऐरावती अपडेट डटकम अनलाइन पत्रिकाका सञ्चालक अनुपराज पाण्डेले आफ्नो बैशाख १८ गते परेको १९ औं जन्मदिनको अवसरमा ऐरावती गाउँपालिका को वडा नं ६ को वडा कार्यलयमा फोटोकपी पेपर सहयोग गर्नुभएको छ ।

पाण्डेले वडा कार्यलयमा सेवा लिन जाँदा सेवाग्राहीले आफ्ना कागजात फोटोकपी गरि बुझाउन परेको खण्डमा वडा कार्यलय नजिक सशुल्क पनि फोटोकपी गर्ने सेवा नभएकाले सेवाग्राहीलाई समस्या भएको भन्दै । मंगलबार वडा कार्यलयमा पुगेर ३ रिम (१५००) फोटोकपी पेपर प्रदान गर्नुभएको छ ।

वडा अध्यक्ष भरत खड्काले जन्म दिनको शुभकामना दिँदै पाण्डेले गरेको सहयोगले सेवा प्रवाहमा थप टेवा पुग्ने बताउनुभयो । वडामा सेवा लिँदा सेवाग्राहीले कुनै कागजातको प्रतिलिपी बुझाउनु परेमा वडामै फोटोकपी हुने बताइएको छ । 

गतवर्ष पनि पाण्डेले जन्म दिनको अवसरमा ऐरावती ३ का ४ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो ।