लिवाङ। रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जानकारी दिएको छ ।