प्युठान, स्वाबलम्बन समुहका पदाधिकारीका लागि सुशासन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धि २ दिने तालिम सम्पन्न ।
कालिका बिकास केन्द्र नेपाल र स्टोम फाउन्डेसनको सहयोगमा ऐरावती गाउँपालिकामा सञ्चालित (विलिफ) परियोजना अन्तर्गत गठन भएका ३० वटा स्वाबलम्बन समुहका अध्यक्ष तथा कोषाध्यक्षको सहभागीमा तालिम सञ्चालन गरिएको हो ।
तालिममा सुशासनका तत्व तथा बिशेषता ,भ्रष्टाचारले समाजलाई पारेको असर,भ्रष्टाचार निवारणका लागि स्थापना भएका निकायहरूको काम कर्तव्य र अधिकार,भ्रष्टाचारका प्रकार , भ्रष्टाचार गर्नेलाई हुने कानुनी कार्वाही,समुदायमा सुशासन कायम राख्न समुहले खोल्नुपर्ने भुमिका,लगायतका विषयमा छलफल भएको थियो । तालिमको सहजीकरण सिवा रेग्मीले गर्नुभएको हो ।







