प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ।
प्रधानमन्त्री ओलीलाई भेट्न आज नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगे। उनले पार्टीको तर्फबाट वर्तमान समस्याका समाधानका लागि ज्ञापनपत्र बुझाएका छन्।महासचिव घनश्याम भुसालले ज्ञापनपत्र वाचन गरेका थिए भने नेता प्रकाश ज्वाला, प्रमेश हमाल, जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर र राजेन्द्र पाण्डे पनि सहभागी थिए।
सरकारले आगामी बैशाख १९ मा संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको सन्दर्भमा यो भेटवार्ता भएको हो। प्रधानमन्त्री ओलीले ज्ञापनपत्रको अध्ययन गरी उचित विषयहरू सम्बोधन गर्ने आश्वासन दिएका छन्।








