प्युठान,

ऐरावती गाउँपालिका २ उखुबारी बाट लास जलाउन घाटमा लैजाँदै गर्दा ऐरावती २ देउराली डाँडा देखि केही तल पुग्दा लास संगै ट्याक्टरमा रहेका ८ जनालाई भिरे मौरीले टोकेको छ । मौरी टोकेको ६० बर्षिय राम बहादुर थापा र ४५ बर्षिय भिम बहादुर नेपालीलाई उपचारको लागि बिजुवार लगिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उक्त स्थानमा मौरी घुमिरहेकाले त्यसबाटो हुदै आवतजावत गर्न स्थानीयहरू त्रसित भएका छन ।