प्युठान, सिर्सेनी तमु समाज ऐरावती १ सिर्सेनीको आयोजनामा भोलि जेठ ११ र १२ गते घाटु मेला विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । मेलामाघाटु नाच , सोरठी, झ्याउरे,सिर्सेनी युवा क्लबको विशेष प्रस्तुति , झाँकि प्रदर्शन , स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने तमु समाजले जनाएको छ । भोलि हुने मेलाको सबै तयारी पुरा भएको मेलाका संयोजक बिकास गुरुङले ऐरावती अपडेट लाई जानकारी दिनुभएको छ ।
घाटु नाचको परम्परा मान्यता :- घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ । घाटु नृत्यमा वाद्य र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुदा गाउने कलाकार छ दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सति घाटुमा गुरुवाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन ।
घाटु नाचको ऐतिहासिक किम्बदन्ती :-








