प्युठान,  प्युठानमा बस भित्रै एकजना यात्रुको मृत्यु भएको छ।

बुधवार जिल्लाको चेरनेटा बाट भालुवाङ जाँदै गरेको लु १ ख ६१५३ नम्बरको बसमा यात्रा गरिरहेका ऐरावती गाउँपालिका वडा नं ५ सराङ्गबेसी बस्ने ४८ बर्षिय नारायण खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

 

बस चलिरहेको बेला बड्डाडा नजिक पुगेपछि एक्कासी बिहोस भएका खत्रीलाई प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको हो ।

डाक्टरले प्रेसरका कारण उनको मृत्यु भएको घोषण गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो । खत्री आफन्तहरुसँग भारतमा नोकरी गर्न जान लागेका थिए।