प्युठान, ऐरावती गाउँपालिका वडा नं ६ सिनेटा स्थित सुर्केडाँडी सामुदायिक वनमा फ्युचर स्टार युवा क्लबको आयोजनामा वृक्षरोपण गरिएको छ ।

फ्युचर स्टार युवा क्लबका अध्यक्ष नवीन आचार्यको अध्यक्षतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा वडा नं २ का वडा अध्यक्ष भिमेष घर्ती मगर वडा नं ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगर कार्यपालिका सदस्य सीता आचार्य वडा नं ६ का वडा सदस्य रेशम थापा सुर्केडाँडी सामुदायिक वनका अध्यक्ष राधिका पाण्डे प्रगति टोल बिकास संस्थाका अध्यक्ष प्रेम प्रसाद आचार्य प्रहरी चौकी बरौंलाका इन्चार्ज हिरा बहादुर गुरूङ

तथा क्लबका पदाधिकारी र वन उपभोक्तहरूको सहभागीतामा सव डिभिजन वन कार्यलय बरौंलाले नि:शुल्क उपलब्ध गराएका चिउरी,सितलचीनी,दालचीनी,लाकुरी लगायतका विभिन्न प्रजातिका २ सय बिरुवा रोपिएको हो ।

प्रमुख अतिथिले दालचीनीको बिरुव  रोपेर कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा उपस्थित अतिथिहरूले क्लबले सामाजिक काममा सबैलाई एकजुट बनाएको भन्दै धन्यवाद व्यक्त गरेका हुन ।