प्युठान, ऐरावती गाउँपालिका वडा नं ६ बिजुलीमा साविक वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडा नं ६ को आयोजनामा गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र वडा अध्यक्ष भरत बहादुर खड्का को अध्यक्षतामा वडा सदस्यहरू,वडामा कार्यरत कर्मचारी विभिन्न टोल विकास संस्थाका प्रतिनिधि,कार्यपालिका सदस्य,खेलाडी स्थानीय बुद्धिजीवी लगायतको उपस्थितमा जनता मावि बिजुलीको ग्राउन्डमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा वडामा रहेका ९ वटा टोल बिकास संस्था मध्ये ६ वटा टोल बिकास संस्थाका भलिबल टिम सहभागी भएका थिए जसमध्ये प्रथमसुपादेउराली टोल बिकास संस्था प्रथम,
द्वितीय दमैखर्क टोल बिकास संस्था र सयपत्री टोल बिकास संस्था तृतीय भएको छ । क्रमश प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई कर सहित नगद ८ हजार र प्रमाणपत्र ,६ हजार र प्रमाणपत्र ४ हजार र प्रमाणपत्र प्रदान गरिएको हो । खेलमा नक आउट भएका टोल बिकास संस्थाहरूलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो ।








