अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं २ भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो ।
घटनामा मृत्यु भएका मध्ये तीन महिला र एक पुरुष रहेका छन् । 








