अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्षले जानकारी दिए ।
पहिराेमा परि एक जना घाइते भएका छन् । घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।घटनास्थलबाट तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घरको आधाभाग पूरेको छ। 








