अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको छ ।सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको छ । घुम्ती दुर्गाफाट सडक खन्डको पाणिनी ८ कोलडाडाको ओरालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि २ जना बच्चा सहित ७ जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी २०० मोटर तलखसेको थियो ।घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको वडा नम्बर ८ का अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिए ।