ऐरावतीका ७ माविको SEE नतिजा:२०८२ रमिता राना मगर  पालिका प्रथम ४८.६९% विद्यार्थी उत्तीर्ण

शैक्षिकसत्र २०८२ मा पालिका भित्रका ७ माध्यमिक विद्यालयबाट कुल १९१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामा ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।मोती माध्यमिक विद्यालय बरौलाको प्राविधिक धारले सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ । प्राविधिक धारतर्फका २० जना विद्यार्थीमध्ये १९ जना उत्तीर्ण भएका छन भने साधारण तर्फका २८ मध्ये २४ जना उत्तीर्ण भएका छन । विद्यालयले ८९.५८ प्रतिशत नतिजा ल्याई पालिका प्रथम र जिल्ला तृतीय भएको छ ।

त्यसैगरी धर्मोदय माध्यमिक विद्यालय जाबुने ले ५२.१७ प्रतिशत, महेन्द्र माध्यमिक विद्यालय सरङ्गबेसि ले ४७.३७ प्रतिशत, जनता माध्यमिक विद्यालय बिजुली ले ३६ प्रतिशत, जनकल्याण माध्यमिक विद्यालय रानीबास ले २५ प्रतिशत, पद्मोदय माध्यमिक विद्यालय धुवाङ ले २० प्रतिशत तथा दाङ्गवाङ् माध्यमिक विद्यालय अमिली ले १६ प्रतिशत गरी समग्र ४८.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।

साधारण धारतर्फ जनता माध्यमिक विद्यालय बिजुली का रमित राना मगरले ३.६४ जिपिए प्राप्त गरी पालिका प्रथम भएका छन त्यस्तै पद्मोदय माध्यमिक विद्यालय धुवाङ की आकृति भण्डारीले ३.३९ जिपिएसहित पालिका द्वितीय तथा जनता माध्यमिक विद्यालय बिजुली की प्रजिना रायमाझीले ३.३६ जिपिएसहित पालिका तृतीय स्थान हासिल गरेकी छन्।

रमित राना मगर कक्षा ८ मा पालिका प्रथम भएका विद्यार्थी हुन भने आकृति भण्डारी पालिका तृतीय भएकी थिइन 

प्राविधिक धारतर्फ मोती माध्यमिक विद्यालय बरौला का विजय थापाले ३.५२ जिपिए ल्याई प्रथम स्थान हासिल गरेका छन् । पूजा रावत र विशाल रायमाझीले समान ३.२९ जिपिएसहित द्वितीय तथा चिरन थापाले ३.२८ जिपिएसहित तृतीय स्थान हासिल गरेका छन् ।

गतवर्ष ७ वटा माध्यमिक विद्यालयहरूबाट कुल ३१३ जना विद्यार्थी SEE परीक्षामा सहभागी भएका थिए,जसमध्ये ७४ जना मात्र २३.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए यसवर्ष भने १९१ मध्ये ९३ जना ४८.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन ।