ऐरावती गाँउपालिका वार्ड नं.२ मा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वार्ड नं.२ को लामीदमारमा हिजो शिविर सम्पन्न भएको प्राविधिक संयोजक खिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।शिविरमा १ सय ९३ जना कृषक लाभान्वित भएका छन् । वडा अध्यक्ष भिमेश कुमार घर्ति मगरको अध्यक्षता, वडा सदस्य कृष्ण बहादुर भैया मगरको आतिथ्यतामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन गरिएको हो । ऐरावती गाउँपालिका वडा नंं.२ को कार्यालयमा कार्यरत ना.प.से.प्रा आशिष हायु भिटा परियोजना अन्र्तगत वडा नं. २ मा कार्यरत सहजकर्ता सिता पौडेल वडा नं. ६ मा कार्यरत सहजकर्ता नेहा शाह र सामुदायिक कृषि तथा पशु उधमि रचना नेपालि को उपस्थितिमा सम्पन्न गरिएको शिविरमा चितिबास,कमिरे,लामिदमार,मसिना,कात्तिके र सल्लिकोटका कृषक हरुले सेवा लिएका छन् ।
वार्ड नंं.१ को माझिदमार,२ को लामीदमार,३ को तालपोखरामा शिविर सम्पन्न गरीएको हो । त्यस्तै वार्ड नं.४ को कैरन , ५ को शरङ्गबेशि र वार्ड नं.६ को हात्तिपाईलामा सम्पन्न गरीएको हो ।