प्युठानको ऐरावती गाउँपालिका वडा नं २ ले वडा कार्यालयबाट प्रवाह हुने सेवा अब वस्ती स्तरमै प्रदान गर्ने व्यवस्था सुरु गरेको छ। सेवा प्रवाहलाई जनमैत्री, प्रभावकारी र सहज बनाउने उद्देश्यसहित वडा कार्यालयले यो पहल अघि सारेको हो ।
वडा अध्यक्ष भिमेष घर्ती मगरका अनुसार अब नागरिकले वडा कार्यालयसम्म आइपुग्नुपर्ने बाध्यता हट्नेछ। “हामीले वडाबाट प्रवाह हुने सेवा जनताको घरदैलोमै पुर्याउने नीति लिएका छौं” उहाँले भन्नुभयो “यसले विशेषगरी वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा टाढाबाट आउन नसक्ने नागरिकलाई सुविधा दिनेछ।”
यो व्यवस्था अन्तर्गत जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता सिफारिस, बसोबास प्रमाणपत्र, विपन्न परिचय पत्र, अपांगता सिफारिस, छात्रवृत्ति सिफारिस तथा भेटेनरी सम्बन्धी सेवाहरू लगायतका अन्य थुप्रै सेवाहरू वस्तीमै पुगेर दिने तयारी गरिएको वडा कार्यालयले जनाएको छ।
सेवाप्रवाहको लागि आवश्यक प्राविधिक तथा मानव संशाधन व्यवस्थापन गरी वडाले प्रत्येक वस्तीमा सेवा दिन सुरुवात गरेको छ । साविकको वडा नं १ लामिदमार बाट साविक वडा नं २ रानिबास बाट साविक वडा नं ३ नेपाने बाट साविक वडा नं ४ नार्सिङनेटा बाट साविक वडा नं ५ बरौला बेसि बाट साबिक वडा हरु ७,८,९ र कटकुरा समेत का बस्ती हरु मा सेवा प्रवाह गर्ने तयारी वडा कार्यालयले गरेको छ । यस कदमले स्थानीय सेवा प्रणालीमा व्यापक सुधार हुने र जनताको विश्वास अझ गहिरो हुने अपेक्षा गरिएको छ ।