प्युठानमा आफन्तको घरमा बस्न गएकी एक महिलाको आफ्नै पूर्व श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका छन ।
सरुमारानी गाउँपालिका वडा नं.३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको उनका पूर्व पति लिलबहादुर बरालले चक्कु प्रहार गरि हत्या गरेको छन ।
हत्या अभियोगमा ऐरावती गाउँपालिका वडा नं. २ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिनुभयो।
रुक्मनी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्। डिलाका अनुसार, लिलबहादुरले रुक्मनीलाई फोन गरेर भेट्न बोलाएका थिए। उनीहरू घरभित्र पुगेपछि लिलबहादुरले चक्कु प्रहार गरी हत्या गरेका हुन्।
“मैले कराएँ, ‘नहानू!’ भनें तर उनले सुनेनन्,” डिलाले भनिन्, “आँखा अगाडि चक्कु प्रहार गरेर मारे। हारगुहार गर्यौं, केही उपाय लागेन।”
रुक्मनी र लिलबहादुरबाट एक छोरा र एक छोरी छन्। “म विदेशमा भएको बेला उस्ले अर्को सँग विवाह गरी म घर आएपछि सँगै मिलेर बसौं भने मानिने सँगै नबस्ने भए डिभोर्स गरौं भन्दा पनि नमानेपछि हत्या गरेको हुँ” प्रहरीलाई लिलबहादुरले बयान दिए ।







