नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्वारा ऐरावती गाउँपालिका १ अमिलीमा रहेको श्री दाङवाङ माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

श्री दाङवाङ माध्यमिक विद्यालयका कक्षा नौ र दश तहमा अध्यानरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको थियो ।

विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरु आदि विषयमा प्रशिक्षण प्रदान गरिएको बैंकका शाखा प्रबन्धक विप्लव पोखरेल जानकारी दिनभयो ।

विद्यालयका प्रधानाध्यापक तुलसीराम आचार्यले वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयको थियो । साथै निकट भबिस्यमा अन्य स्थानमा पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरिने शाखा प्रबन्धक पोखरेलले बताउनुभयो ।