प्युठान, स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ८ जनाको ज्यान गएको छ । सोमबार दिउँसो २ बजे स्वर्गद्वारी भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना मा कारमा सवार ८ जनाकै ज्यान गएको हो । मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।