प्युठान,ऐरावती गाउँपालिकामा संचालित कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशीलता विकास परियोजना छेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई उनिहरुको पढाईमा सहयोग गर्नका लागि हेफर प्रोजेक्ट नेपालले GCE छात्रवृत्ति कार्यक्रम अन्तर्गत १० जना छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ऐरावती १ दाङवाङ माविमा कक्षा १० मा अध्ययनरत कविता नेपाली,सुमित्रा राना,सुस्मा वि.क ,सोनिया राना ,पार्वता गुरूङ ,विपना गुरूङ,पुजा रेश्मी कक्षा ९ मा अध्ययनरत बिर्सना वि.क,कक्षा ३ मा अध्ययनरत आयुष्मा नेपाली र मोती मावि ऐरावती २ बरौंलामा कक्षा ८ मा अध्ययनरत लक्ष्मी सुनार लाई ३० गते एक कार्यक्रम गरी एउटा झोला,२ जोर ड्रेस, १ जोर जुत्ता, २ जोर मोजा, टाईबेल्ट, ३५ वटा कपि, एउटा साइन्टिफिक क्याल्कुलेटर, २ दर्जन पेन्सिल, ४ दर्जन डटपेन, २ वटा इन्कपेन र एउटा ज्यामिती बक्स गरी १० हजार बराबरको सामाग्री प्राप्त गरेका छन ।

वडा अध्यक्ष अमर बहादुर रेस्मी अध्यक्षतामा विद्यायका प्रधानाध्यापक तुलसीराम आचार्य हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत फुलाराम चौधरी, गान्धी उपाध्याय, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगाको संचालक समिती सदस्य पशुपति श्रेष्ठ, आरती बिक अनुगमन समिती संयोजक टिएस गुरुङ, सदस्य बसन्ता रोका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम थापा लगायतको उपस्थितिमा परियोजनाका संयोजक हिमाल खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।