त्रि-चन्द्रको स्ववियुमा अनेरास्ववियुका ५ उम्मेदवारको चर्चा
आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयका क्याम्पस हरुमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तिव्र रुपमा बढेको छ । देशकै सबैभन्दा ठुलो र पुरानो क्याम्पस त्रि-चन्द्र क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ। विभिन्न विद्यार्थी संगठनमा आवद्ध नेताहरू निर्वाचन केन्द्रित छलफल र परामर्शमा व्यस्त छन्। काङ्ग्रेस निकट नेविसंघको आधार ईलाका मानिएको त्रि-चन्द्र क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियुले इतिहास रच्ने गरि तयारी सुरु गरेको अनेरास्ववियुका एक नेताले जानकारी दिए ।
को को छन त अनेरास्ववियुबाट आकांक्षी ?
अनेरास्ववियुबाट स्ववियु सभापतिमा बिशेष रुपमा पाँच जनाको नाम चर्चा रहेको छ । क्याम्पस कमिटी उपाध्यक्ष समेत रहेका प्रमित बिष्टको नाम अनेरास्ववियुबाट व्यापक चर्चामा छ । “यसभन्दा अगाडि क्याम्पस कमिटीका सचीव र सहसचिव भएर काम गरेको लामो अनुभव म सँग छ र अनेरास्ववियुलाई यस क्याम्पसमा विजयी बनाउन मेरो नेतृत्वमा अनेरास्ववियु अगाडि बढने कुरामा म सबैलाई आश्वस्त पार्न चाहान्छु” बिश्टले भने । बिष्टले मेरो नेतृत्वमा त्रि-चन्द्र क्याम्पसमा अनेरास्ववियुको लाल किल्ला गाड्ने बताए ।
अर्का आकांक्षी क्याम्पस कमिटीका पुर्व अध्यक्ष एवं क्याम्पस जिल्ला कमिटीका सचीव जगत जङ्ग शाहीको नाम पनि चर्चामा छ । “म यसभन्दा अगाडीको स्ववियु चुनावमा पनि सभापतिको आकांक्षीको रुपमा थिए कारणबस त्यतिबेला चुनाव हुन सकेन तर यसपालि भने स्ववियु अध्यक्षमा मेरो बलियो दाबेदारी रहेको छ” शाहीले बताए ।
अनेरास्ववियु केन्द्रिय शैक्षिक विभाग सचीव एवं क्याम्पस कमिटीका पुर्व उपाध्यक्ष मनराज थापा पनि स्ववियु अध्यक्षका अर्का दावेदार हुन । “म लामो समयदेखि क्याम्पसमा खटेको र लामो इतिहास बोकेको छु , विद्यार्थीको मार्मलाई राम्रोसँग बुझन सक्ने मेरो क्षमता हो त्यसकारणले पनि मेरो स्ववियु अध्यक्षको रुपमा दाबेदारी रहने छ” थापाले भने ।
अर्का नेता, अनेरास्ववियुका केन्द्रिय खेलकुद विभाग सचीव असिम रावल पनि सभापतिको आकांक्षीको रुपमा उभिएका छन । “स्तातक तह मानव शास्त्रमा चौथो सेमेस्टटरमा म नियमित विद्यार्थीको रुपमा छु र विद्यार्थीमाझमा म अरुभन्दा धेरै भिजेको छु , अनेरास्ववियुको क्याम्पस कमिटीमा उपाध्यक्ष रहेर काम गरेको पनि अनुभव म सँग छ त्यसकारण मेरो प्रवल उम्मेदवारि रहेको छ” रावलले बताए ।
अनेरास्ववियु केन्द्रिय रचनात्मक विभाग सचीव रहेका बिष्णु पाण्डेको चर्चा पनि स्ववियु अध्यक्षमै छ , उनले विद्यार्थीमाझ लोकपि्रय र क्याम्पसका विद्यार्थीको मर्मलाई बुझन सक्ने उम्मेदवार अनेरास्ववियुले पाउने कुरामा ढुक्क हुन विद्यार्थीहरुलाई अनुरोध गरे ।
यस्तै क्याम्पस कमिटीमा सक्रिय नारायण केसि विरेन्द्रपाल थापा , शहदेव कार्की , उपासना ओझा , मनिषा चापागाईंको पनि नाम चर्चामा छ ।







