प्युठान, ऐरावती गाउँपालिकामा डकर्मीहरूका लागि भुकम्प प्रतिरोधि घर निर्माणका लागि ३ दिने क्षमता बिकास तालिम सुरु भएको छ । ऐरावती गाउँपालिकाका कार्यवाहक अध्यक्ष चन्द्र रोका मगरको प्रमुख अतिथित्य तथा ऐरावती गा पा वडा नं १ वडा अध्यक्ष अम्मर रेस्मिको अध्यक्षता र  र पञ्जीकरण शाखा प्रमुख सागर रिजाल,ऐरावती युवा सञ्जालका अध्यक्ष अनुपराज पाण्डे, पत्रकार मदुसुदन भण्डारी लगायतको उपस्थितिमा प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन गर्नुभएको हो । पालिका प्रशासन शाखा प्रमुख श्रीधर भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको हो । ईभान ईन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन घोराहीको आयोजना र ऐरावती गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । तालिममा ऐरावतीका प्रत्येक वडाहरू बाट ३,३जना सहभागी भएका छन तालिम बैशाख १८ गते देखि २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।