प्यूठान, ऐरावती गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरूले आन्दोलनमा एक्यवद्धता जनाएका छन ।  झिमरुक गाउँपालिकाका कर्मचारी दीपक जीसीमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन।

विहिवार जिल्लाका सबै प्रमुख प्रशासकीय अधिकृतहरुको संयूक्त बैठकले आन्दोलनमा एक्यवद्धता जनाउने निर्णय भएको हो ।

सोही निर्णय अनुसार शुक्रवार ऐरावती गाउँपालिकामा कार्यरत सवै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन । झिमरुक गाउँपालिकाका कर्मचारीहरुले बुधवारदेखि अत्यावश्यक बाहेकका सबै काम बन्द गरेर बसेका छन भने ,अन्य पालिकाका कर्मचारीहरुले दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

जेठ २४ गते दिँउसो कार्यकक्षमा नै पुगेर योजना तथा तथ्यांक शाखाका कर्मचारी दीपक जीसीमाथि गाउँपालिका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीसहित तीन जनाले कुटपिट गरेको कर्मचारीको आरोप छ।