प्युठान ,ऐरावती गाउँपालिका वडा नं २ बरौंला देखि ऐरावती ५ का हरियागाँउ,गोठिवाङ,घुइवाङ,खवाङ, सरङ्गबेसि, सिँदुरेडाँडा हुँदै जिल्ला सदरमुकाम खलंगाका लागि सवारी जीप सञ्चालन गरिने भएको छ ।![]()
स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली., ऐरावती गाउँपालिका भित्र चल्ने सवारी धनी र जनप्रतिनिधिहरू को बैठक बसी फागुन १ गते देखि सवारी जीप सञ्चालन गर्ने निर्णय भएको छ ।![]()
उक्त स्थानका सर्वसाधारणहरूलाई जिल्ला सदरमुकाम पुग्न सहज हुने वडा नं ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोकाले बताउनुभयो ।![]()
गाडी बरौंला देखि बिहान ८:०० बजे छुट्ने र खलङ्गा बाट दिउँसो ३:३० बजे छुट्ने स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली ले जनाएको छ ।![]()







